अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

|

ढल्केवर, धनुषा
डिभिजन वन कार्यालय धनुषाले अवैध काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । वन कार्यालयको नियमित गस्तीको क्रममा धनुषाको बटेश्वर र महेन्द्रनगरबाट अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिइएको वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले काठ ओसारपसार तथा कटानमुछान सम्बन्धित कुनै कागजात नभएकाले सो काठ लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएको बताउनुभयो ।

बटेश्वरबाट सपेता लोड गरिएको प्रदेश २–०३–००१ त ४६७१ नम्बरको ट्याक्टर र सिमल लोड गरिएको ज १ त ३७८१ ट्याक्टर महेन्द्रनगरबाट नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएको काठ नापजाँच गर्न बाँकी रहेको बताउँदै डिभिजनल प्रमुख चौधरीले काठ तथा ट्याक्टर जनकपुरस्थित वन कार्यालयमा राखिएको बताउनुभयो ।