जनकपुर । धनुषाको विदेह नगरपालिका–४, ढाडीका वडाध्यक्ष वाजिब प्रमाणीले नगरपालिका मातहत रहेको पोखरीहरुबाट माछा मार्न लगाएको स्थानीयले आरोप लगाएका छन् । उनले आफ्ना पार्टीका कार्यकता र शुभेच्छुकबाट माछा मार्न लगाएको बताइएको छ ।
स्थानीयका अनुसार नगरपालिका मातहत रहेको बबुवा, बर्हकी, मैझली, ओरैल र झिझ स्कुल नजिक रहेको पाखरीबाट माछा मार्न लगाएका हुन् । सो पोखरीहरु नगरपालिकाले पाँच वर्षका लागि ठेक्का लगाएको थियो । चार महिना अगाडि ठेक्का अवधि समाप्त भएपछि नगरपालिकाले उक्त पोखरीहरुबाट माछा मार्न रोक लगाएको थियो । तर वडाध्यक्ष प्रमाणीले यसैबीच शनिबार आफ्ना आसेपासले लगाएर माछा लुटपाट गर्न लगाएको आरोप स्थानीयको छ ।
सो पोखरीहरुबाट माछा मार्दै गरेको केही भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा केही मानिस पोखरीमा पसेर माछा मार्दै गरेको देखिन्छ भने स्थानीय महिला तथा बालबालिका माछा आसार्दै गरेको देखिनछ ।