ढल्केबर, धनुषा । लायन्य क्लब अफ मिथिलाको अध्यक्ष पदमा शिवप्रसाद तिमल्सिना चयन भएका छन् । शनिबार धनुषाको ढल्केवरमा क्लबको सम्पन्न तेस्रो अधिवेशनबाट उहाँ अध्यक्ष पदमा सर्वसम्वत् चयन भएका हुन् । उहाँसहित क्लबका सम्पूर्ण पदाधिकारी सर्वसम्वत् चयन भएका छन् ।
अध्यक्षमा चयन भएका तिमल्सिना २० वर्षे जागिरे जीवनबाट विश्राम लिएर विद्यालय, सहकारीलगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्छ ।
उहाँले अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै लायन्स क्बल अफ मिथिलाको गरिमालाई कायम राख्दै क्लबको मर्म र भावनाअनुसार सबैलाई समेटर सामाजिक गतिविधिलाई अगाडि बढाउने बताउनुभयो ।
सो अधिवेशनबाट क्बलको प्रथम उपाध्यक्षमा बाबुराम बास्तोला, द्वितीय उपाध्यक्षमा रुद्रप्रसाद घिमिरे, सचिवमा पशुपति महतो, कोषाध्यक्षमा प्रमिलाकुमारी सिंह चयन भएका छन भने विनोदकुमार सिंह, सन्तोष सिंह, गणेश खड्का, र जयप्रकाश साहलाई विभिन्न पदनको जिम्मेवारी दिइएको छ ।
अधिवेशनमा क्लबक पूर्वअध्यक्ष प्रदिपकुमार सिंहले क्लबका बारेमा जानकारी गराउँदै क्लबलाई अगाडि बढाउन खेल्नुपरेको भूमिका र आगामी चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।
अधिवेशनमा क्लबका संस्थापक अध्यक्ष जयप्रकाश साहलगायत क्बलका सदस्यहरुको उपस्थिति गरेको थियो भने कार्यक्रमको उद्घोषण क्लबका वर्तमान सचिव रुद्रप्रसाद घिमिरेले गर्नुभएको थियो