पुनः हराभरा हुँदै धनुषाको मोती खोला सामुदायिक वन

|

ढल्केबर, धनुषा । धनुषाको मिथिला नगरपालिका–११, तल्लो तुलसीस्थित मोती खोला सामुदायिक वन क्षेत्र पुनः हराभरा बन्दै गएको छ । वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी संरक्षणमा जुटेपछि सो वन क्षेत्र पुनः हराभरा हुँदै गएको हो ।

ठूल्ठूला रुख तस्करले सिध्याउन खोजेपछि संरक्षण जुटेका समितिका पदाधिकारी र वन कर्मचारीले वन अतिक्रमण खाली गराउने, खाली जग्गामा तारजाली लगाएर वृक्षरोपण गरेका छन् भने काठ चोरी तस्करी रोक्न नियमित गस्ती गर्दै आएका छन् ।

उहाँहरुले वन्यजन्तु र चराचुरुङ्गीलाई पानी खान तथा जलपुर्नभरणका लागि वन क्षेत्रभित्रै एउटा पोखरी निर्माण गर्नुभएको छ । केही स्थानमा फलफूल तथा जडिबुटीको खेती सुरु गर्नुभएको छ ।

सोही मोती खोला सामुदायिक वनको आइतबार वन कर्मचारीलगायत सरोकारबालाले अनुगमन गरेका छन् । वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सचिव उद्धव घिमिरे, जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डल, डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीलगायत वन कर्मचारी अनुगमन टोलीमा सहभागी थिए ।

अनुगमनका क्रममा वन तथा वातावरण मन्त्रालयका सचिव घिमिरे वन जोगाउन वन कर्मचारी वन उपभोक्ता समितिले गरेको प्रयासप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले वन जोगाउन गरेको प्रयास सराहनीय भएको बताउँदै वन जोगाउनु सबैको दायित्व भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईँहरुले गर्नुभएको काम एकदमै राम्रो छ । वन क्षेत्रभित्र चरिचरणमा नियन्त्रण, घाँसदाउरामा नियन्त्रण गर्नुभयो भने प्राकृतिकरुपमै रुखबिरुवा उर्मिएर घना जङ्गलको रुपमा विकसित हुन्छ ।”

वन उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर विश्वकर्माले वन क्षेत्र विस्तार गर्न तारजाली र थप स्थानमा वृक्षरोपण गर्नुपर्ने बताउनुभयो । वन उपभोक्ता समितिमा आर्थिक आम्दानी नभएकाले अहिलेसम्म समूहभित्र चन्दा उठाएर केही सानोतिनो काम गरिरहेको बताउँदै उहाँले तारजाली र बिरुवा उपलब्ध गराइदिए थप स्थानमा हरियाली वृद्धि गर्न सकिने जानकारी गराउनुभयो ।

 

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j;
hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: Auto;
cct_value: 0;
AI_Scene: (16, -1);
aec_lux: 88.73718;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;