ढल्केवर, धनुषा । धनुषाको ढल्केवरमा मधेश प्रदशस्तरीय सामुदायिक वन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठ शनिबारबाट सुरु भएको छ । वन निर्देशनालय मधेश प्रदेशको आयोजनामा सुरु भएको सो गोष्ठीको उद्घटान मधेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले गरेका छन् ।
गोष्ठी उद्घाटन गर्दै उहाँले हरियालाी प्रवद्र्धन गर्न एक नागरिक एक वृक्षरोपण अभियान चलाउने बताए । असार १५ गते राष्ट्रिय वृक्षरोपण दिवसका दिन डिभिजन र सव डिभिजन वन कार्यालयमार्फत निःशुल्क बिरुवा वितरण गरी महावृक्षरोपणको शुभारम्भ गरिने उहाँले जानकारी दिए ।
त्यसलगायत एक पालिका एक नर्सरी स्थापना गर्ने कार्यक्रमसमेत अगाडि बढाइएको बताउँदै मन्त्री साहले वन सम्बद्र्धनमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत भइसकेकाले त्यसको पूर्णरुपमा कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा यथोचित बजेत बिनियोजन गरिएको बताए ।
गोष्ठीमा वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगन्नाथ जैसवालले नेपालको सामुदायिक वन व्यवस्थापन अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय रहेको चर्चा गर्दै थप सुधार ल्याउन एकआपसमा समन्वयको आवश्यकता भएको बताए ।
गोष्ठीमा वन तथा वातावरण राज्यमन्त्री रन्जुकुुमारी खङ्, सचिव उद्धवबहादुर घिमिरे, आठ वटै जिल्लाका सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, साझोदारी वन उपभोक्ता महासंघका पदाधिकारीलगायत वन सरोकारबाला निकायका पदाधिकारीहरुको उपस्थित रहेको छ । उद्घाटन कार्यक्रमको उद्घोषण वन निर्देशनालयका वन अधिकृत सुरेश शर्माले गरेका थिए ।