ढल्केबर, धनुषा । धनुषाको मिथिला नगरपालिकाले १४ औं नगर अधिवेशनमार्फत आर्थिक वर्ष ०८१÷०८२ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेको छ ।
मिथिला नगरपालिकाले आगामी आर्थिक वर्षका अनुमानित ८० करोड ५७ लाख ७५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । सोमबार सम्पन्न नगर अधिवेशनमा नगर प्रमुख महेन्द्र महतोले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नभएको थियो । नगर उपप्रमुख सुनितासिंह बुढाथोकीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नभयो ।
सभामा नगर प्रमुख महतोले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सभाबाट आएको र छुटेको आवश्यक कार्यक्रम संसोधन गर्ने सुझाव सहित बहुमतले पास भएको छ । यस्तै उपप्रमुख बुढाथोकीले प्रस्तुत गर्नुभएको बजेट १४ औं नगरसभाको बहुमतले पारित गरेको छ ।
नगरसभामा पेश गरिएको अगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, पर्यटन एवं कृषि, गुणस्तरीय भौतिक पुर्वाधार, गुणस्तरीय सेवा प्रवाह एवं सुशासनलाई प्राथमिकतामा राखिएको छ ।