मिथिला नपामा पनि मनाइयो धान दिवस (फोटो फिचर)

|

ढल्केवर, धनुषा । २१ औं राष्ट्रिय धान दिवस धनुषाको मिथिला नगरपालिकामा पनि मनाइएको छ । नगरपालिकाको कृषि शाखाको आयोजनामा मिथिला नगरपालिका–२, विश्वकर्मा चोकमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको हो ।

“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ दिवस मनाइएको कृषि शाखाका प्रमुख सञ्जयकुमार महतोले बताउनुभयो । नगरपालिकाका नगर उपप्रमुख सुनितासिंह बुढाथोकी, सबै वडाध्यक्षलगायतका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र स्थानीयले धान रोपेर दिवस मनाइएको उहाँले जानकारी दिनुभयो ।

धानु दिवस कार्यक्रममा नगरपालिकाका नगर उपप्रमसख बुढाथोकीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी वर्षको नीति कार्यक्रम तथा बजेट ल्याएको बताउनुभयो । किसानले जलवायु मैत्री उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले रासायनिक मलको प्रयोग कम गर्दै हरियो मल, प्राङ्गागरिक मलको प्रयोग बढाउनुपर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “किसानका समस्या समाधान गर्न नगरपालिका गम्भीर छ । किसानको कदम कदममा साथ दिन हामी तयार छौँ ।”