उन्नत जातका बाख्रा वंशवृद्धिका लागि किसानलाई बीउ बोका वितरण

|

ढल्केवर, धनुषा । धनुषाको सबैला नगरपालिका ८ नम्बर वडा कार्यालयले उन्नत जातको बीउ बोका वितरण गरेको छ । किसानलाई व्यवसायिकरुपमा बाख्रा पालनतर्फ आकर्षित गराउन उन्नत जातको बीउ बोका वितरण गरिएको हो ।

सबैला नगरपालिका–८, ठिल्लाका वडाध्यक्ष सेराजुल राइनले उन्नत जातका बाख्रा वंशवृद्धिका लागि दुई वटा बीउ बोका किसानलाई हस्तान्त्ररण गरिएको बताए । करिब ६० हजार रुपियाँमा इलामबाट सो बोका खरिद गरी ल्याएको उनले जानकारी दिए । गाउँको प्रत्येक जसो घरमा बाख्रा पाल्ने गरेको बताउँदै वडाध्यक्ष राइनले किसानलाई बाख्रा पालनतर्फ प्रेरित गर्न उक्त बीउ बोका दिएको बताए ।

बीउका लागि उन्नत जातको बोयर बोका आफ्नै बस्तीमा पाएपछि बाख्रापालक किसान उत्साहित भएका छन् ।