अलपत्र बसही पुल निर्माण सम्पन्न गर्न मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण

|

ढल्केवर, धनुषा ।
धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरस्थित अलपत्र अवस्थामा रहेको बसही पुल निर्माण सम्पन्न गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । जनमत पार्टी मिथिल नगरपालिका नगर कार्यसमितिले शुक्रबार सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ढल्केबर–जनकपुर छ लेन सडकखण्डमा पर्ने सो बसही खोलामा पुल निर्माणको काम अलपत्र अवस्था हुँदा दुर्घटनाको जोखिम बढेकाले मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र बुझाइएको जनमत पार्टीका नेता सरोजकुमार सिंहले बताए ।

उक्त स्थानमा तीन वर्षको अवधि सवारी दुर्घटनाबाट आठ जनाभन्दा बढीको मृत्यु र अनगिन्ती घाइते भएको नेता सरोजले जानकारी दिनुभयो ।
बसही खोलामा पुल निर्माणका लागि डिभिजन सडक कार्यालय जनकपुरले आर्थिक वर्ष २०७५÷०७६ मै पुल निर्माणको ठेक्का लगाएको भए पनि ठेकेदार पक्षले पुल निर्माणको काम अलपत्र अवस्थामा छोडेको छ ।

मुख्यमन्त्री सिंहले ध्यानाकर्षणपत्र बुझ्दै यथाशीघ्र पुल निर्माण सम्पन्न गराउन पहल गर्ने आश्वासन दिएको नेता सिंहले बताए ।