
वृक्षरोपण पश्चात सामुहिक तस्बिर
धनुषाधाम । धनुषाको धनुषाधामस्थित नेपाल विद्युत प्राधिकरणको वितरण शाखाले वृक्षरोपण गरेको छ । नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा मंगलबार वृक्षरोपण गरिएको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण शाखा धनुषाधामका प्रमुख रोशनकुमार सिंहले यहाँस्थित विद्युत सव स्टेशन परिसरमा विभिन्न प्रजातीका १५० वटा बिरुवा रोपण गरिएको बताए ।
जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माण गर्दा रुख काट्ने मात्र हैन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्ने कार्यक्रम गर्दैआएको उनले जानकारी दिए ।
वृक्षरोपण कार्यक्रममा धनुषाधाम नगरपालिका वडा नं. ३ का वडाध्यक्ष जयनारायण यादव, ४ का वडाध्यक्ष मनोजकुमार यादव, स्थानीय समाजसेवी नागेश्वर यादवलगायत विद्युत प्राधिकरणका कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो ।