हंसपुर नगरपालिका : वर्तमान मेयर यादवलाई पूर्व मेयर मण्डलको चेतावनी

|

धनुषा । धनुषाको हंसपुर नगरपालिकाका पूर्व मेयर रामज्ञान मण्डलले वर्तमान मेयर प्रदिप यादवलाई चेतावनी दिएका छन् । उनले मंगलबार नगरपालिकामा सूचना मागको निवेदन दर्ता गराउँदै निश्चित समयभित्र सूचना उपलब्ध नगराए नारा जुलुससहित प्रदर्शन गर्न चेतावनी दिए ।

पूर्व मेयर मण्डलले नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित पदाधिकारीले पहिलो दिनदेखि हालसम्म गरेका चालू पुँजिीगत खर्च, विभिन्न अनुदान खर्च विवरणको मागसहित विभिन्न १० बुँदामा सूचना मागको निवदेन दर्ता गराएका छन् ।

नगरपालिकाद्वारा सम्पादित विकास निर्माण र विभिन्न योजनाहरुमा आर्थिक हिनामिना भएको जनताले जनगुनोसा गर्न थालेपछि वास्तिवक बुभ्mन सूचनाको हकसम्बन्धित निवेदन दर्ता गराएको उनले भने । वर्तमान मेयर यादवले १५ दिनभित्र सूचना उपलब्ध गराउने आश्वासन दिएको बताउँदै पूर्व मेयर मण्डलले अन्तिम लेखा परीक्षण प्रतिवेदनसमेत सन्तोषजनक नदेखिएकाले वर्तमान मेयर यादवलाई २३ बुँदे ज्ञापनपत्रसमेत बुझाएको बताए ।