
ढल्केवर, धनुषा । महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको ‘हाम्रो मायाको घर’ का लागि धनुषा ढल्केवरका दुई जना युवा व्यवसायीले १ लाख ५१ हजार रुपियाँ चन्दा सहयोग गरेका छन् ।
ढल्केवरका समिल सञ्चालक जितेन्द्र सिंहले एक लाख र कोमल होटलका सञ्चालक तेजनारायण साह (सन्तोष) ले ५१ हजार रुपियाँ चन्दा सहयोग गरेका हुन् ।
सडक मावनका लागि बन्न लागेको आश्रम ‘हाम्रो मायाको घर’ को साउन ३० गते मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शिलान्यास गर्नुभएको थियो ।
‘हाम्रो मायाँको घर’ का लागि स्थानीय १५ जना दाताहरुले करिव डेढ करोड मूल्य बराबरको साढे ५ कठ्ठा जग्गा दान दिएपछि निर्माण प्रकृया सुरु गरिएको छ । सोही जग्गामा दश करोड ६९ लाख रुपियाँको लागतमा निर्माण हुने ‘हाम्रो मायाको घर’ का लागि भागवत मञ्जरी राधिका दासीको प्रेरणाले बर्दीबासमा आयोजित महायज्ञमा दान दातब्यबाट २ करोड रुपियाँ आर्जन भएपछि भवन निर्माणका काम सुरु गरिएको छ ।