शिक्षाप्रति जनमतको चासो

|

ढल्केवर, धनुषा । जनमत पार्टीका कार्यकर्ताले शिक्षाप्रति चासो देखाएका छन् । मिथिला नगरपालिका जनमत पार्टीका नगर समितिले धनुषाको ढल्केवरमा रहेको महेन्द्र माध्यमिक विद्यालयसँग विभिन्न १३ बुँदे जानकारी माग गरेको छ । विद्यालयमा सुधार ल्याउन जानकारी माग गर्दै उनीहरुले सोमबार विद्यालयका प्रधानाध्यापक रामकुमार महतो एक पत्र बुझाएका हो ।
जनमत पार्टी विद्यालयको स्तरोन्नतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै शिक्षक संख्या पुग अपुग, शिक्षक उपस्थिति, पुस्तकालय व्यवस्थापन र संचालनका विषय लगायत १३ बुँदे जानकारी माग गरिएको जनमत पार्टीका नेता सरोज सिंहले बताए ।