ढल्केवर, धनुषा ।
संविधान संशोधनको माग गर्दै जनमत पार्टीले धनुषाको ढल्केवरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ । बिहिबार साँझ ढल्केवरको पश्चिम चोकबाट सुरु भएको विरोध ¥याली चोकको परिक्रमा गरी कोणसभा गरे समापन भएको थियो ।
मिथिला नगरपालिका जनमत पार्टीका नगर अध्यक्ष अभिमन्युप्रसाद महतोको नेतृत्व गरिएको विरोध प्रदर्शनका सहभागी कार्यकर्ताले संविधान संशोधन गर, पूर्ण अधिकार सम्पन्न, स्वायत्त प्रदेश स्थापना गर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री व्यवस्था गर लगायतका नारा लगाएका थिए ।
विरोध प्रदर्शनमा पार्टीका धनुषा जिल्ला समन्वय समितिका सदस्य नेता सरोजकुमार सिंहसहित नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।