
ढल्केवर, धनुषा । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकहरुले धनुषाको ढल्केबरमा मसाल जुलुस प्रदर्शन गरेका छन् । प्रसाईँको रिहाइको माग गर्दै समर्थकहरुले मसाल जुलुस प्रदर्शन गरेको हो ।
ढल्केवरको पूर्वचोकबाट निकालिएका मसाल जुलुल चोक परिक्रमा गर्दै महेन्द्र पार्क अगाडि कोणसभामा परिणत भएको थियो । जुलुसका सहभागिहरुले “हिन्दू राष्ट्र कायम गर, दुर्गा प्रसाईँलाई रिहा गर, झुठो मुद्दा खारेज गर, दुर्गा प्रसाईँ जिन्दाबाद” जस्ता नाराहरू लगाएका थिए ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान धनुषाका संयोजक हरिदेव महतोको नेतृत्वमा निकालिएको मसाल जुलुसलाई प्रहरीले हस्तक्षेप गरी निभाएको थियो । जुलुसमा करिब ४० जनाको सहभागिता रहेको थियो ।