
ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा भूमिहिनहरुको संगठन भूमि अधिकार मञ्च धनुषाको आयोजनामा तीन दिने संगठन एवं अभियान सुदृढीकरणका लागि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । ढल्केवरस्थित कृषि बजार व्यवस्थापन समितिको सभाकक्षमा बिहिबारदेखि सञ्चालित अभिमुखिकरण तालिम शनिबार सम्पन्न भएको हो ।
भूमिअधिकार मञ्चका केन्द्रीय महासचिव फौदसिंह स्याङ्वाले संगठनलाई सुदृढीकरण गर्न नेपाल आत्मनिर्भर सेवा केन्द्र र राष्ट्रिय भूमि सञ्जालको सहयोगमा तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा धनुषाको मिथिला, क्षीरेश्वर, गणेशमान चारनाथ र धनुषाधाम नगरपालिकाका स्थानीय अगुवा सहभागी रहेको उहाँले जानकारी दिनुभयो ।
भूमि अधिकारसम्बन्धी नीतिनियमको विषयमा वकालत गर्नका लागि अगुवा कार्यकर्ताहरुको क्षमता अभिवृद्धि गर्न । स्थानीय संगठनमा भएका समस्या र सवालहरुको नक्साङ्कन गरी संगठन सुदृढीकरण योजना निर्माण गर्न र स्थानीय संगठनहरुको अवलोकन गरी अवस्थामा आधारित थप नयाँ योजनाहरु निर्माण गर्न तालिम सञ्चालन गरिएको महासचिव स्याङ्वाले बताउनुभयो ।