प्रगतिशील लेखक सङ्घ धनुषाको कार्यसमिति चयन

|

प्रगतिशील लेखक सङ्घ धनुषाको कार्यसमिति चयन भएको छ । बुधबार धनुषाको ढल्केबरस्थित कोमल होटलमा प्रगतिशील लेखक सङ्घ मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष मधुसूदन गिरीको प्रमुख आतिथ्यमा आयोजित पहिलो भेलाले प्रगतिशील लेखक सङ्घ धनुषाको १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष गणेशप्रसाद घिमिरेको नेतृत्वमा चयन गरिएको कार्यसमितिमा विभिन्न पदाधिकारी र सदस्यहरूको चयन गरिएको छ ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष मधुसूदन गिरीले उपस्थित साहित्यकारहरुलाई शुभकामना दिँदै प्रगतिशील साहित्य र समाजको बीचमा सशक्त सेतु बन्न महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले साहित्यको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

यस कार्यसमितिको गठनले प्रगतिशील लेख सङ्घ धनुषामा नयाँ उर्जा र साहित्यको विकास हुँने बताउँदै सदस्यहरुले आगामी दिनमा समाजका विविध पक्षमा प्रगतिको मार्गमा योगदान दिन बताउनुभयो ।

कार्यसमितिका प्रमुख सदस्यहरू यसप्रकार रहेका छन् ।
अध्यक्षः गणेश प्रसाद घिमिरे
उपाध्यक्षः तेजनिधि भट्टराई
उपाध्यक्षः प्रेम कुम्मर कार्की
उपाध्यक्षः रेणुका भण्डारी दहाल
सचिवः राममिलन बि. क.
सहसचिवः सुरेश कुमार महतो
कोषाध्यक्षः मसिना लामा थापा
सदस्यहरूः राकेश कुमार झा, पवन कुमार मण्डल, निर प्रसाद शर्मा, बैकुण्ठ प्रसाद काफ्ले, सरिता कुमारी महतो, केशव प्रसाद शर्मा, कमल प्रसाद घिमिरे, प्रमोद बुढाथोकी