लायन्स क्लब अफ मिथिलाको पद तथा गोपनीयता सपथ ग्रहण समारोह सम्पन्न

|

ढल्केबर, धनुषा । लायन्स क्लब अफ मिथिलाको पद तथा गोपनीयता सपथ ग्रहण समारोह सम्पन्न भएको छ । आइतबार धनुषा जिल्लाको ढल्केवरमा क्लबका अध्यक्ष शिव तिमिल्सिनाको अध्यक्षता तथा प्रदेश सभा सदस्य हरिनारायण महतोको प्रमुख आतिथ्यतामा सपथ ग्रहण समारोह सम्पन्न भएको हो ।

समारोहमा क्लबका नयाँ सदस्यहरूलाई औपचारिक रूपमा पद तथा गोपनीयता सपथ ग्रहण गराइएको छ । सपथ ग्रहणको क्रममा क्लबका अध्यक्ष शिव तिमिल्सिनाले क्लबको उद्देश्य, जिम्मेवारी, र भावी योजनाबारे जानकारी गराउँदै सबै सदस्यलाई सक्रियताका साथ क्लबका गतिविधिमा सहभागी हुन आग्रह गर्नुभयो ।

समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य हरिनारायण महतोले लायन्स क्लबले समुदायमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै सामाजिक सेवाका गतिविधिहरूमा निरन्तर सक्रियता देखाउन आग्रह गर्नुभयो । उनले क्लबलाई स्थानीय तहसँग समन्वय गरी सामाजिक कार्यहरूलाई थप प्रभावकारी बनाउन सुझाव समेत दिनुभयो ।

समारोहमा मिथिला नगरपालिकाकी उपप्रमुख सुनितासिंह बुढाथोकीले लायन्स क्लब अफ मिथिलाले स्थानीय समुदायको उत्थानका लागि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने आएको चर्चा गर्नुभयो । क्लबका पुराना सदस्यहरूलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा नयाँ सदस्यहरूसँग मिलेर सामाजिक, शैक्षिक, स्वास्थ्य, र आर्थिक क्षेत्रमा थप योगदान दिन पु¥याउन आग्रह गर्नुभयो ।

समारोहमा स्थानीय समाजसेवी, उद्योगी, पत्रकार तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवात स्वागत मन्तव्य र सांस्कृतिक प्रस्तुति गरिएको थियो ।