जन जन्नी सहकारी संस्थाद्वारा निशुल्क मुटु जाँच शिविर सम्पन्न

|

ढल्केबर, धनुषा
धनुषाको धारापानीमा रहेको जन जन्नी बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो कार्यालय परिसरमा निशुल्क मुटु जाँच शिविर सम्पन्न गरेको छ । शिविरमा प्राविधिक सहयोग जनकपुरधामस्थित शिवम हार्ट सेन्टरले प्रदान गरेको थियो ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. निश्छल शाहको नेतृत्वमा सुगर जाँच, औषधि वितरण, र मुटुसम्बन्धी परामर्श प्रदान गरिएको थियो । शिविरमार्फत ४९ महिला र ७८ पुरुष गरी कुल १२७ जनाले सेवा लिएका छन् ।

जन जन्नी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको छोटो अवधिमा यो तेस्रो स्वास्थ्य शिविर सञ्चालन गरेको हो । संस्थाले स्थानीय समुदायको स्वास्थ्य अवस्था सुधार्न र सामाजिक सेवामा योगदान पु¥याउन निरन्तर सक्रियता देखाउँदै आएको छ । आगामी दिनमा पनि यस्ता सामुदायिक कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको संस्थाका पदाधिकारीहरूले बताएका छन् ।

शिविर सफल बनाउन सहयोग गर्ने डा. निश्छल शाह र शिवम हार्ट सेन्टरलाई सहकारीले विशेष धन्यवाद व्यक्त गरेको छ । संस्थाका अध्यक्षले शिविरमा सहभागी भएका स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको योगदानको प्रशंसा गर्दै सामुदायिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

स्थानीय समुदायले सहकारीको यस सामाजिक कार्यको उच्च प्रशंसा गरेका छन् । उनीहरूले यस्ता शिविरले स्वास्थ्य सचेतना र सेवा पहुँचमा सुधार ल्याएको बताएका छन् ।