भारतको सिरसागञ्जमा निर्माणाधीन रामचिरत्र मानस बाटिकामा मिथिला बाटिका स्थापना

|

ढल्केबर
भारतको उत्तर प्रदेश फिरोजावाद जिल्लाको सिरषागञ्जमा निर्माणधीन रामचरित्र मानस बाटिकामा मिथिला बाटिका स्थापना गरिएको छ । नेपाल र भारतबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मिथिला बाटिकाको निर्माण गरिएको जनाइएको छ ।

मिथिला बाटिकामा मिथिला क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई प्रोत्साहन गर्न जनकपुरधामबाट लगिएको पारिजात, श्वेत चन्दन, चम्पा, शिवलिङ्ग रुद्राक्षजस्ता पवित्र बिरुवाहरु रोपण गरिएको छ । जनकपुरधाम वन प्राविधिक समाजका महासचिव सुरेश शर्मा र दूधमती नदी सरोकार समाजका अध्यक्ष सुदीप मण्डलले ५१ वटा बिरुवा रोपण गरिएको बताइएको छ ।

जनकपुरधाम वन प्राविधिक समाजका महासचिव शर्माले यो बाटिका स्थापनाले नेपाल र भारतबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । त्रेता युगको दैवीय, रमणीय, र स्वच्छ वातावरणको अनुभूति गराउने उद्देश्यले बाटिएका स्थापना गरिएको बताउँदै उहाँले यसले दुवै देशका पर्यावरणीय संरक्षकहरूलाई प्रेरित गर्दै क्षेत्रीय हरियाली विस्तारमा सहयोग पु¥याउने बताउनुभयो ।

मिथिला बाटिकाको सफल स्थापना तथा वृक्षारोपणका लागि स्वदेशी समाज सेवा समिति उत्तर प्रदेशका अध्यक्ष प्राध्यापक अजवसिंह यादव, सचिव बिबेक यादव, र अन्य पदाधिकारीहरूले समेत महत्वपूर्ण भूमिका महासचिव शर्माले जानकारी दिनुभयो ।