अवैध रूपमा लगाइएको गाँजाका बोट फडानी

|

ढल्केवर, धनुषा ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–६, हरिपुरमा अवैध रूपमा लगाइएको गाँजाका बोटहरू फडानी गरिएको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमबार गाँजाका करिब एक सय वटा बोट फडानी गरी नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकाइछिपाइ रोपिएकोे अवस्थामा गाँजाका बोटहरू फेला पारेको थियो । गाँजाका ती बोटहरू फडानी गरी तुरुन्तै नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अवैध लागुऔषध खेती रोक्नका लागि सक्रियता बढाउँदै आएको प्रहरी निरीक्षक यादवले बताए । यो फडानी कार्य प्रहरीको अभियानको एउटा हिस्सा भएको उनले जनाए ।

उहाँका अनुसार लागुऔषध नियन्त्रण ऐनअन्तर्गत गाँजाको खेती, उत्पादन र कारोबार दण्डनीय अपराध हो । यसलाई नियन्त्रण गर्न प्रहरीले निगरानी तीव्र बढाएको छ । भविष्यमा पनि यस्ता अवैध गतिविधि नियन्त्रणका लागि निरन्तर अभियान सञ्चालन गर्ने प्रहरी निरीक्षक यादव भने ।