धनुषामा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

|

विजयकुमार साह
ढल्केबर, धनुषा ।
धनुषाको मिथिला बिहारी नगरपालिका–२, पुरन्दाहामा १२ औं संस्करणको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । स्थानीयलाई लाटोकोसेरोको महत्व बुझाउन र पूर्वी नेपालमा संरक्षणको सन्देश फैलाउने उद्देश्यले यो उत्सवको आयोजना गर्न लागिएको हो ।

पुरन्दाहामा आगामी माघ २५ र २६ गते उत्सवको आयोजना गर्न लागिएको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक मूल समितिका संयोजक देवनारायण मण्डलले बताउनुभयो । मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषा र प्रकृतिका साथीहरु नामक गैरसरकारी संस्थाको सहकार्यमा यो दुईदिने उत्सव चन्देश्वर आधारभूत विद्यालय नजिकै आयोजना हुने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उत्सव तयारीसँगै स्थानीय विद्यालयमा सचेतना शिविर सञ्चालन भइरहेको छ । यसले बालबालिका तथा युवा माझ प्रकृतिप्रतिको प्रेम र संरक्षणको भावनालाई जागृत गर्न मद्दत पुग्नेछ ।”
संयोजक मण्डलका अनुसार उत्सवमा चरा तथा प्रकृतिको अवलोकन, मिथिलाको मौलिक पहिचान झल्कने सांस्कृतिक कार्यक्रम र स्थानीय लोपोन्मुख खेलकुद प्रदर्शनी गरिने छ भने स्थानीय हस्तकलाका सामाग्री, रैथाने परिकार र लाटोकोसेरोका अस्थायी सङ्ग्रहालय र लाटोकोसेरोको विशेष रोबोट प्रदर्शनीमा राखिने छ ।

यसैगरी, सो अवसरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका प्राकृति विज्ञान सङ्ग्रहालयबाट लाटोकोसेरोको नमूना प्रदर्शनीमा राखिने छ । वन्यजन्तु अनुसन्धानकर्मीले र वातावरण संरक्षण क्षेत्रका विभिन्न सङ्घसंस्थाले जानकारी प्रस्तुती दिने छन भने स्थानीय उत्पादन पनि प्रदर्शनी तथा बिक्रीवितरणका लागिसमेत राखिनेछ । त्यस्तै, आठ प्रजातिका लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था मिलाइएको छ ।

प्रकृतिका साथीका निर्देशक राजु आचार्यले किसानका साथी लाटोकोसेरो संरक्षण गरी पर्यावरण सन्तुलनमा टेवा पु¥याउन उत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । लाटोकोसेरो किसानको वास्तविक साथी भएको बताउँदै उहाँले एउटा लाटोकोसेरोले एक सिजनमा तीन हजार वटासम्म मुसा खाएर किसान सहयोग गर्ने गरेको जानकारी दिनुभयो । त्यसबाहेक किरा फट्याङ्ग्रा, सर्प, भ्यागुता नियन्त्रणमा पनि सहयोग गर्ने गरेको उहाँको भनाइ छ ।

। लाटोकोसेरो तराईदेखि हिमाली क्षेत्रसम्म पाइन्छ ।” ३५ जिल्लामा गरिएको अध्ययनअनुसार नेपालबाट वार्षिक दुई हजार वटा लाटोकोसेरो तथा हुचीलको अवैध तस्किर गरि विदेश पठाउने तथा मारिने गरेको निर्देशक आचार्यले बताउनुभयो । यसअघि यो उत्सव धादिङ्, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ्लगायतका जिल्लामा सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँले विश्वमा करिब २२५ प्रजातिका लाटोकेसेरो पाइन्छ । नेपालमा २३ प्रकारका लाटोकोसेरोका प्रजाति रहेको अभिलेख छ । त्यसमध्ये आठ प्रजाति दुर्लभ मानिन्छ । दुई प्रजाति नेपालबाट लोप भएको अनुमान छ ।