
ढल्केबवर, धनुषा ।
धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा रहेको महेन्द्र माध्यमिक विद्यालयका २०४८ सालको कक्षा १० का विद्यार्थी दशकौँपछि पुनः भेला भएका छन् । शनिबार भएको यस पुनर्मिलन तथा भेलाले विद्यालयबाट एसएलसी दिने दोस्रो ब्याचका विद्यार्थीले बाल्यकालका स्मृतिहरू साटासाट गर्दै आगामी पुस्ताका लागि उदाहरणीय कदम चालेका छन् ।
भेलाले एक लाख ५० हजार रुपियाँको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । कोषबाट महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार र विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तथा कुनै कारण बश सँगै पढेको साथी आर्थिकरूपमा कमजोर बनेकालाई सहयोग गर्न प्रयोग गरिने बताइएको छ ।
समूहका सदस्य बुधेश्वर महतोले भने, “यति लामो समयपछि साथीसँग भेटघाट हुन पाउँदा अत्यन्तै खुशी लागेको छ । हामी केवल भेटघाटमै सीमित नभई समाजका लागि केही गर्नुपर्ने महसुस ग¥यौं र यो अक्षय कोष स्थापना गर्ने निर्णय ग¥यौं ।”
उहाँका अनुसार विद्यालय जीवनका रमाइला क्षणहरू सम्झँदै फेरि भेटघाटको योजना बनाउने प्रतिबद्धता गरिएको छ । साथीहरूको आपसी सम्बन्ध मात्र बलियो बनाउने होइन आगामी पुस्ताका विद्यार्थीलाई प्रेरित गर्न मद्दत गर्ने तथा आ–आफ्नो स्थानबाट समाज र ठाउँको विकासमा समेत योगदान दिने उल्लेख गरे ।