ढल्केबर, धनुषा
धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा डिजिटल हाजिरी प्रणाली सुरु गरिएको छ । शिक्षकको उपस्थितिलाई नियमित, पारदर्शी तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले यो प्रविधि सुरु गरिएको हो ।
बहीबार मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोसहितले यसको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उहाँले नगरभित्रका सामुदायिक विद्यालयमध्ये आधनुनिक प्रविधिलाई अङ्गाल्दै डिजिटल हाजिरी प्रविधि सुरु गर्ने पहिलो विद्यालय भएको बताउनुभयो ।
पालिकाको सदरमुकाम र मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वारमा यो विद्यालय रहेकाले शैक्षिक गुणस्तरमा सुधार गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने तर्क नगर प्रमुख महतोल राख्नुभयो । यसका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
त्यस अवसमार वडाध्यक्ष नन्दकिशोर यादव, रामचन्द्र महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामएकवाल यादव, प्रधानाध्यापक रामकुमार महतोलगायत शिक्षक तथा समितिका पदाधिकारीको उपस्थिति थियो ।

