धनुषामा सेवा प्रवेश तालिम सम्पन्न

|

ढल्केबर, धनुषा ।
धनुषाको नकटाझिजमा रहेको कृषि व्यवसाय प्रवद्र्धन सहायोग तथा तालिम केन्द्रको आयोजनामा सेवा प्रवेश तालिम सम्पन्न भएको छ ।

१० दिनसम्म सञ्चालन भएको उक्त तालिम कृषि व्यवसाय प्रवद्र्धन सहायोग तथा तालिम केन्द्रका प्रमुख रोशनकुमार मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन समारोहका प्रमुख अतिथि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादव रहनुभएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले तालिमका सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले कामका लागि तालिम आवश्यक रहेको उल्लेख गर्दै नयाँ पदस्थापित कर्मचारीहरूका लागि यो तालिम उपयोगी हुने बताउनुभयो । उहाँले सिकाइको प्रभाव कार्यसम्पादनबाट देखिने भएकाले तालिममा प्राप्त ज्ञानलाई कुशलतापूर्वक प्रयोग गर्न आग्रह गर्नुभयो ।