
काठमाडौं – नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य राजकरण महतोले श्रमजीवी पत्रकार, चुरे तथा वातावरण संरक्षण लगायत विभिन्न विषयमा महासंघले सशक्त आवाज उठाउनुपर्ने भन्दै ३२ बुँदे लिखित सुझाव पेश गरेका छन्। काभ्रेपलाञ्चोकमा सम्पन्न महासंघ केन्द्रीय कार्यसमितिको कार्यमूलक बैठकमा उनले यी सुझावहरू प्रस्तुत गरेका हुन्।
बैठकमा महासंघकी अध्यक्ष निर्मला शर्माले तीन वर्षे कार्यनीति, महासचिव राम प्रसाद दाहालले संगठनात्मक कार्ययोजना, र कोषाध्यक्ष रामकृष्ण अधिकारीले आर्थिक कार्ययोजना सम्बन्धी प्रस्ताव पेश गरेका थिए। महतोले नेपाली पत्रकारिता, श्रमजीवी पत्रकार, र मिडियाहरूलाई प्रभावकारी बनाउन आवश्यक पर्ने ३२ बुँदे सुझाव पेश गरेका हुन्। अध्यक्ष शर्माले महतोका सुझावहरूको प्रशंसा गर्दै महासंघको तीन वर्षे नीतिमा तिनलाई समावेश गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
बैठकमा प्रस्तुत ३२ बुँदे सुझावः
महासंघको बैठकमा पत्रकारिता क्षेत्रका विविध समस्याहरू उठान गरिएको थियो। नेपाली पत्रकारिता संकटपूर्ण अवस्थामा पुगेको र पत्रकारहरूको पेशागत सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको महतोले बताए। उनले नेतृत्वलाई समयानुकूल निर्णय लिन आग्रह गर्दै पत्रकार महासंघले संविधान कार्यान्वयन, प्रेस स्वतन्त्रता संरक्षण, तथा पत्रकारहरूको हकहितमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। महासंघका अध्यक्ष शर्माले महतोका सुझाबहरूलाई महत्वपूर्ण बताउँदै महासंघको नीतिमा समेटी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।