धनुषामा १४औँ विश्व सालक दिवसः सालक संरक्षणमा सक्रिय पहल

|

ढल्केबर, धनुषा ।
धनुषा जिल्लाको मिथिला नगरपालिका–४, पुष्पवलपुरस्थित भाटीघारी चुरे सामुदायिक वनको नेतृत्वमा १४औँ विश्व सालक दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् । उक्त अवसरमा भाटीघारी बहुआयामिक आयआर्जन विपन्न वर्ग महिला समूह, पुष्पवलपुर सव डिभिजन वन कार्यालय र राष्ट्रिय आधारभूत विद्यालय पुष्पवलपुरको सहकार्यमा छलफल कार्यक्रम तथा शान्ति ¥याली आयोजना गरिएको थियो ।

तीन वर्षे Illegal wildlife trade (IWT) funded परियोजना ZSL Nepal सँगको सहकार्यमाMithila Wildlife Trust द्वारा कार्यान्वयन गरिएको परियोजना समाप्त भएको एक वर्षभन्दा बढी भइसकेको छ । तर, भाटीघारी चुरे सामुदायिक वनका स्थानीय समुदायमा सालक संरक्षण प्रति अझै पनि उस्तै जोस, जाँगर र उत्साहका साथ कायम रहेको देखिन्छ ।

कार्यक्रममा सहभागीहरुले जैविक विविधता संरक्षणमा स्थानीय समुदायको महत्त्वपूर्ण भूमिकाबारे छलफल गरेका थिए । उनीहरुले संरक्षण प्रयासलाई समय र बजेटमा मात्र सीमित नराखी निरन्तरता दिनुपर्ने कुरामा जोड दिए । मिथिला वाइल्डलाइफ ट्रस्टमा कार्यरत सीता पौडेलले कार्यक्रममा बोल्दै यो क्षणको साक्षी हुन पाउँदा आफू गौरवान्वित महसुस गरिरहेको बताइन् ।

भाटीघारी चुरे सामुदायिक वनका सदस्यहरू वन, वातावरण तथा वन्यजन्तु संरक्षणमा निरन्तर सक्रिय रहँदै आएका छन् । समुदायको यस्तो योगदान जैविक विविधता संरक्षणको सशक्त उदाहरण बन्न पुगेको छ । सालकजस्ता दुर्लभ वन्यजन्तुहरूको अस्तित्व जोगाउन यस्ता सामुदायिक प्रयासहरू निरन्तर आवश्यक रहेको सरोकारवालाहरूले औंल्याएका छन् ।