परिक्रमाका भक्तजनलाई स्वागत गर्न सबैला नगरपालिकामा सार्वजनिक विदा

|

ढल्केवर, धनुषा ।
धनुषाको सबैला नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमाका भक्तजनलाई स्वागत गर्न एक दिने स्थानीय विदा दिएको छ । परिक्रमा अन्तर्गत १० औं दिनमा परिक्रमाका यात्री सबैला नगरपालिकाको सतोषरधाममा विश्राम गर्ने भएकाले आइतबार एक दिने स्थानीय विदा दिइएको हो ।

सतोषरधाममा पौराणिक कालदेखि नै फागुन शुल्क दशमीका दिन मिथिला माध्यमिकी परिक्रमाका यात्री विश्राम गर्ने भएका विदा घोषणा गरिएको सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले बताउनुभयो । उहाँले विश्रामस्थलमा हजारौं साधुसन्ध उपस्थिति रहने भएकाले यस अवधिमा मेला क्षेत्र तथा परिक्रमा मार्गमा मदिरा निषेध गरिएको जानकारी दिनुभयो ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा फागुन १५ गते धनुषाको कचुरीबाट सुरु भएको थियो । परिक्रमाका यात्रीहरूले हनुमागढी, फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, पर्वत्ता, धनुषाधाम र सतोषरसम्म यात्रा तय गरिसकेका छन् । अब औरही करुणा, बिसौल हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्केर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समापन गरिनेछ ।