भारतको सुरतबाट घर फर्किंदै गरेका धनुषाका एक युवा सम्पर्कविहीन

|

धनुषा — धनुषाको गणेशमान चारनाथ नगरपालिका–२, राधापुरका ३३ वर्षीय सरोजकुमार ठाकुर भारतको सुरतबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएका छन् ।

ठाकुर विगत सात वर्षदेखि सुरतस्थित एक होटलमा कार्यरत थिए । पछिल्लो पटक उनी होली मनाएर गएका थिए । परिवारका अनुसार उनी घर फर्कनका लागि सुरतबाट रेलमार्फत बिहार हुँदै दानापुर रेल स्टेशनसम्म आइपुगेका थिए । बुधबार बिहान ७ बजे परिवारसँग कुराकानी भए पनि दिउँसो २ बजेपछि उनी सम्पर्कविहीन भएका हुन् ।

उनका आफन्त रामस्नेही ठाकुरले हालसम्म पनि परिवारले उनलाई सम्पर्क गर्न नसकेको बताए । परिवारले ठाकुरको खोजीका लागि इलाका प्रहरी कार्यालय ढल्केवरमा जाहेरी दिएका छन् । भारतीय प्रहरीको सहयोगमा उनलाई खोजी गरिदिन माग गरेका छन् ।