
ढल्केबर,
धनुषाको ढल्केबरमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कूलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा प्रदर्शन गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनुषाको आयोजनामा भएको विरोध प्रदर्शन गरिएको हो ।
ढल्केबरस्थित कृषि बजारबाट सुरु गरिएको विरोध ¥याली ढल्केबर चोकको परिक्रमा गर्दै पुनः कृषि बजारमै आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘कूलमान घिसिङ जिन्दावाद’, ‘ओली सरकार मुर्दावाद’, ‘कूलमान घिसिङलाई पुनःबहाली गर’ जस्ता नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
कोणसभामा नेपाल तामाङ घेदुङका अगुवा धर्मबहादुर बुलन, नेपाल आदिवासी जनजाति महासंघ मधेश प्रदेशका संयोजक मनोद दनुवारलगायतका वक्ताले मन्तव्य राखेका थिए । उनीहरूले सरकारको निर्णयको कडा आलोचना गर्दै घिसिङलाई पुनः पदमा बहाली गर्न माग गरे । वक्ताहरुले विद्युत सुधारका लागि घिसिङले पु¥याएको योगदानको चर्चा गर्दै सरकारको निर्णय जनताको भावनाविरुद्ध गएको बताए ।
विरोध प्रदर्शनमा मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकाबाट करिब तीन सय जना सहभागी भएका थिए।