लालगढ, धनुषा ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मधेस प्रदेशको दोस्रो परिषद् धनुषाको लालगढमा सम्पन्न भएको छ। मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यता तथा प्रदेश महासंघका अध्यक्ष सोमप्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सभामुख मण्डलले सामुदायिक वन क्षेत्रले मधेसको वातावरणीय सन्तुलन र आर्थिक सशक्तीकरणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै थप सुदृढीकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “वनको संरक्षणसंगै त्यसको न्यायोचित उपयोगमार्फत रोजगारी, महिला सहभागिता र दिगो विकास सम्भव छ।
अध्यक्ष शर्माले सामुदायिक वनहरूको भूमिकालाई अझ सशक्त बनाउँदै वातावरण संरक्षण र स्थानीय समुदायको जीवनस्तर उकास्ने प्रयास निरन्तर जारी रहने बताउनुभयो। “हामी संरक्षणका सवालमा कठोर र उपभोगका सवालमा न्यायोचित रहन्छौं,” अध्यक्ष शर्माले भन्नुभयो ।
कार्यक्रम मधेश प्रदेशका विभिन्न जिल्लाबाट सामुदायिक वनका प्रतिनिहिरुको उपस्थिति रहेको थियो ।

