ढल्केबर, धनुषा ।
मधेश प्रदेश सभाका महिला तथा सीमान्तकृत समुदायको प्रतिनित्वि गर्ने सभा सदस्यलाई क्षमता अभिवृद्धि सदसयका क्षमता अभिवृद्धि तालिम दिइएको छ । बुधबार जनकपुरमा सामुदायिक सुधार केन्द्र धनुषाको आयोजना तालिम दिइएको हो ।
महिला तथा सीमान्तकृत समुदायका समस्यालाई प्रदेश सभामा कसरी प्रस्तुत गर्ने, प्रदेश सरकार र सङ्घीय सरकारसम्म कसरी पु¥याउने र त्यसलाई कसरी कार्यन्वयन गराउने विषयमा तालिम प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष सञ्जयकुमार साहले बताउनुभयो ।
तालिममा संसदीय अभ्यास, संविधानले दिएको अधिकार, संसदभित्र हुने क्रियाकलाप, शुन्य र विशेष समयमा समुदायका समस्यालाई कसरी छोटो मिठो शैलीमा सम्बोधन गर्ने विषयमा पनि तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।
विभिन्न सत्रमा विभाजित गरि सञ्चालन गरिएको तालिममा विषयगत विज्ञ प्रशिक्षकले तालिम दिनुभएको थियो । तालिममा १८ जना प्रदेश सभा सदस्यको सहभागिता रहेको थियो ।

