ढल्केबर, धनुषा ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको मिथिला नगरपालिका समितिको अधिवेशनबाट धर्मबहादुर बल बुलन पुनः अध्यक्षमा चयन भएका छन् । मंगलबार धनुषाको ढकेवरस्थित कर्भड हलमा सम्पन्न नगर अधिवेशनले बलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नगर अध्यक्ष बलले यसअघि पनि पार्टीको नगर कमिटीको नेतृत्व गरिरहेका थिए । पार्टीको सांगठनिक सुदृढीकरण, कार्यकर्ता विस्तार र स्थानीय तहमा जनतासँगको सम्पर्क सशक्त बनाउन सक्रिय भूमिका खेलेको भन्दै पुनः उनलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको अधिवेशन आयोजकले जानकारी दिएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा उमा ढुङ्गेल, सचिवमा सत्यदेव कापर, उपसचिवमा श्रीनारायण महतो चयन भएका छन् । त्यस्तै, समितिमा अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा मनोनीत गरिएकोे जनाएको छ ।
नगर अधिवेशन पार्टीका नगर अध्यक्ष धर्मबहादुरको अध्यक्षता तथा पार्टी सचिवालय सदस्य रामचन्द्र झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

