ढल्केबर, धनुषा
प्रहरीको नाममा सेवाग्राहीसँग रकम असुली गर्ने गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका–८, का ३७ वर्षिय सतेन्द्रकुमार साहलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुणबहादुर सिंहले जनकपुरधाम उपमहानगरपालिका भैरव चोकबाट साहलाई पक्राउ गरिएको बताउनुभयो । प्रहरीको नाममा सेवाग्राहीबाट पैसा असुली गर्ने गरेको आरोपमा पक्राउ गरिएको उहाँले जानकार दिनुभयो ।
उहाँका अनुसार साहलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

