ढल्केबर, धनुषा
धनुषा जिल्लाको मिथिला नगरपालिका–३, लालभित्तिबाट अवैध सालको काठ बरामद गरिएको छ । सव डिभिजन वन कार्यालय पुष्पवलपुरको टोलीले मंगलबारे १६.३१ क्यूफिट अवैध सालको काठ बरामद गरेको हो ।
सव डिभिजन प्रमुख वन अधिकृत रामसुन्दर साहको नेतृत्वमा खटिएको टोलीले लालभित्ति क्षेत्रस्थित एक घरको पछाडिबाट ढोका र झ्यालको फ्रेम बनाउन प्रयोग गरिएको काठ बरामद गरेको कार्यालयले जनाएको छ ।
बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको कार्यालयले जानकारी दिएको छ ।

