मिथिला नगरपालिकामा ११ बजेबाट मतगणना सुरु गरिने

|

धनुषाको मिथिला नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएकाे छ । शनिवार बिहान बसेको सर्वपक्षिय बैठकले ११ बजेदेखि मतगणना सुरू गर्ने सहमति गरेको हाे ।

मिथिला नगरपालिकामा ७१.२८ प्रतिशत मत खसेको छ । शान्तिपूर्ण वातावरणमा भएको मतदानमा ७१.२८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२९ हजार ७९५ कुल मतदाता रहेको मिथिला नगरपालिकामा २१ हजार २३९ मत खसेको निर्वाचन अधिकृत धितालले जनाए । ६४ वटा मतपेटिका रहेको छ । मतगणना ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा हुनेछ ।