बर्दिवास उधोग वाणिज्य संघ अध्यक्ष पदका उम्मेदवार जागेन्द्र श्रेष्ठले भने – मेरो जित सुनिश्चत छ

|

बर्दिवास, महोत्तरी

आसन्न बर्दिवास उधोग वाणिज्य संघको चुनावमा अध्यक्षका उम्मेदवार जागेन्द्र श्रेष्ठले आफ्नो जित सुनिश्चत रहेको दाबि गरेका छन् ।
कुराकानीमा श्रेष्ठले भने – लेखेर राख्दा हुन्छ मैले चुनावमा लोकप्रिय मत ल्याएर जित्छु । स्थानिय उधोगी, ब्यवासायीको हकअधिकारका लागि लड्ने छु । “

बर्दिबास उधोग वाणिज्य संघमा १६ सय ८२ मतदाता छन् । “ १ हजार बढी मत ल्याएर जित्छु “ – श्रेष्ठले भने । उनी बाबा विश्वकर्मा यातायात प्रालिका अध्यक्ष श्रेष्ठ पञ्चकन्या कृषि पशुपंक्षि फर्मका सञ्चालक पनि हुन् ।

श्रेष्ठसँगै चुनावमा कृष्णप्रसाद गौतम र विष्णु खड्काले पनि अध्यक्षमा उमेदवारी दिएका छन् । गौतमलाई एमाले र मेयर प्रल्हाद क्षेत्रीको साथ छ भने खड्कालाई माओवादी केन्द्रको पूर्ण साथ छ । यस्तै, स्वतन्त्रबाट उम्मेदवार बनेका श्रेष्ठको चुनाव चिन्ह संख हो । उनी बर्दिबास नगरपालिका – १ का स्थायीवासी हुन् ।