ढल्केवरमा ६३ जनाले गरे रक्तदान

|

ढल्केवर, धनुषा

जिल्लामा भइरहेको रगतको कमीलाई मध्यनजर गर्दै धनुषाको ढल्केवरमा रक्तदान कार्यक्रम गरिएको छ ।

नेपाल रेडक्रस सोसाइट्टी धनुषाको सहयोगमा दारी ग्याङ्ग र ब्लड फर नेपालको संयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रमा ६३ जनाले रक्तदान गरेको दारी ग्याङ्ग मधेश प्रदेशका संयोजक देवराज घिमिरेले बताए । बिरामीलाई उपचारका लागि रगत अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।

रक्तदान मानव जीवनको सर्वोत्तम कार्य भएको बताउँदै दारी ग्याङ्गका अध्यक्ष घिमिरेले रक्तदान गरेर अमुल्य सहयोग गर्ने सम्पूर्ण रक्तदातालाई आभार प्रकट गरे । उनले आफूले पनि रक्तदान गरेको बताए । यो पटक जोडर दस पटक रक्तदान गरेको उनले सुनाए ।