मिथिला सागरमा छठ घाटको तयारी

|

ढल्केवर

धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरस्थित मिथिला सागरमा छठ घाटको तयारी थालिएको छ । पर्यटन क्षेत्रका रुपमा विकास भइरहेकोे यस मिथिला सागरमा व्यवस्थित छठ घाट तयारी थालिएको हो ।

छठ घाट तयारी व्यवस्थापक रामकुमार महतोले घाटको सरफाइपछि पण्डाल, झिलिमिली बत्ति जडानको काम भइरहेको बताए । साथै मिथिला सागर क्षेत्र तथा बाटोमा समेत बिजलुी बत्ति जडानको काम भइरहेको बताउँदै उनले मिथिला सागरमा छठ मनाउन ढल्केवरवासीलाई आग्रह समेत गरे ।

मिथिला सागरमा विगत तीन वर्षदेखि छठ मनाउँदै आएका ढल्केवर चोकका रामबली दासले व्यवस्थित भएका सपरिवार यहाँ आउने गरेको बताए ।

ढल्केवर चोक नजिक पोखरी तथा पानी बगिरहने नदी नभएकाले यहाँ छठ ब्रतालु छठ मनाउन दुइ किलोमिटर पूर्व श्रीपुरस्थित पोखरीमा बाध्यता छ । पोखरी तथा नदी टाढा भएकै कारणे कतिपयले घर अगाडि खाडल खनेर नजिकको इनार छठ मनाउने गरेका छन् ।