ढल्केवर
दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानले धनुषाको मिथिला नगरपालिका–२, नयाँ बस्तीमा लद्युवित्त ज्यादतीविरुद्धको संघर्ष समिति गठन गरेको छ ।
शुक्रबार बिहान महाअभियानका मध्यमाञ्चल प्रमुख नरेश कुमार साहको प्रमुख उपस्थित तथा जनकपुर अञ्चल प्रमुख सुरेन्द्रमणि शर्माको अध्यक्षता एवं बैंक, फाइनन्स र लद्युवित्तका स्थानीय ऋणीहरुको भेलाले हरदेव महतोको अध्यक्षतामा ११ सदस्य लद्युवित्त ज्यादतीविरुद्धको संघर्ष समिति गठन गरेको हो ।
दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानको संगठन बिस्तारअन्तर्गत यहाँ संघर्ष समिति गठन गरिएको महाअभियानका मध्यमाञ्चल प्रमुख नरेश कुमार साहले बताए ।

