- अन्जना शिवाकोटी
लोकतन्त्र (शाब्दिक अर्थ “जनता शासन, संस्कृत लोक, जनता ,तन्त्र ,“शासन“, ) या प्रजातन्त्र एक यस्तो शासन व्यवस्था छ जसमा जनता आफ्नो शासक आफू चुनिन्छ । यो शब्द लोकतांत्रिक व्यवस्था र लोकतांत्रिक राज्य दुवैको लागि प्रयुक्त हुन्छ।
कुनै एक वर्गमा शासन शक्ति नरही समाजका सबै सदस्यहरूमा समान रुपमा शक्ति निहित रहने शासन तथा जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको सरकार प्रणालीलाई लोकतन्त्र भनिन्छ ।
नेपालमा ६२-६३ को जनआन्दोलनले आज हामी नेपाली संघीय लोकतान्त्रीक नेपाल मा आइपुगेका छौं । बैशाख ११ अर्थात नयाँ नेपालको खाँका कोरीएको सुनौलो दिन हामी नेपालीहरुमा सुनौलो भविष्यका दिन । राजसँस्थाको पारिवारीक र जहानिँया प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत पुनर्आगमन भएको दिन देशभर भव्यताका साथ मनाइँदैछ । ०६२-६३ को ऐतिहाँसिक दोश्रो जनआन्दोलन पश्चात बैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।
त्यतिबेला सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहाँसिक जनआन्दोलन भएको थियो । जनआन्दोलनको सफलतासंगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै दरबारबाट बहिर्गमन भएका थिए । त्यहि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।
६२ -६३ को जनआन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोडको रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिडाउन संविधानसभाको यात्रा यहि आन्दोलनबाट सुरु भएको थियो । फलस्वरुप सवै नेपालीको आकांक्षा पुरा गर्न २०७२ असोज ३ गते “नेपालको संविधान(२०७२)“ जारी हुन सफल भयो । वर्षौ सम्म राजसँस्था पद्धतिमा देशको मुख्य शाषक राजा रहने ब्यवस्था थियो । ४६ साल पछी संबैधानिक राजतन्त्रको स्थापना भएतापनि राजसँस्थाको वर्चस्व विभिन्न प्रकारमा शाषन पद्धतीमा रहिनैरहेको थियो ।
देशको शाषन पद्धतिमा मुख्य पदमा रहनका लागी राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज स्वतन्त्र लोकतान्त्रिक नेपालमा हामी मध्य जो कोहीले पनि राष्ट्रपती हुने संभावना बोकेका छौ । राजाकै छोरो राजा भन्ने व्यवस्थाबाट जनताको छोराछोरी रास्ट्रपति बन्ने व्यवस्थापन यहि लोकतन्त्रले ल्याएको हो । नेपाली जनताकै छोरी महामहीम राष्ट्रपती विधादेवी भण्डारी पदासीन हुनुहुन्थियो । आजको दिन महामहीम राष्ट्रपतीले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ । यस अवसरमा चोक चौताराहरुमा दिप प्रज्वलन, नगर तथा टोल सरसफाई, प्रभातफेरी र प्रवचन, जनआन्दोलनका शहीदहरुको सम्झना र घाइते तथा उनीहरुका परिवारलाई सम्मान गरिंदै आएको छ ।
आज मानवअधिकार र लोकतन्त्रका पक्षमा क्रियाशिल दर्जनौं संघसंस्थाहरुले खबरदारी सभाहरु आयोजना गर्ने गरेका छन् । उनीहरुले ऐतिहाँसिक आन्दोलन पश्चात गठन भएको संविधानसभाले जारी गरेको नेपालको संविधान(२०७२) को प्रभावकारी कार्यन्वयनका लागि सरकार समक्ष माग गरेको थियो । धेरै पछि लोकतन्त्रान्त्रमक नेपालले निर्वाचीत बहुमतको सरकार पाएको छ । अनि संगै चुलिएका छन् लोकतन्त्रप्रतिका नेपाली अपेक्षाहरु ।
आँउदा वर्षमा नेपाली भूमिमा लोकतन्त्रको सकारात्मक चर्चा अनि असल प्रभाव कायम रहोस् । सामन्तवाद, गैरराष्ट्रवाद भनिए पनि सामन्तिका ढुकुटी फुट्नै सकेन । गरिव झन गरिवै नै रहे । जनआन्दोलन पश्चात नागरिकहरुमा पलाएका आशाहरु निराशामा परिणत हुँदै गए । शहिद र घाइतेका परिवारहरुका पिडाहरु अझै केही हद सम्म उस्तै छन् । लोकतन्त्रलाई सच्चा अर्थमा लोकतन्त्र साबित हुनका लागि हामी नेपाली जागरुक हुनुपर्ने आवश्यकता छ।
लोकतन्त्रले हामी नेपाली का लागी ल्याएका नया नेपाल नयाँ अधिकार
– नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा स्थापना,
– स्वतन्त्र एवं निष्पक्ष आवधिक निर्वाचन, शान्तिपूर्ण तरिकाबाट सरकारको निर्माण तथा परिवर्तन,
– नेपालको सार्वभौमसत्ता एवम् राजकीयसत्ता नेपाली जनतामा निहित,
– नेपाललाई धर्म निरपेक्ष राष्ट्रको रूपमा स्वीकार गरिएको,
– राष्ट्राध्यक्षको रूपमा राष्ट्रपतिको व्यवस्था,
– नेपालको इतिहासमा पहिलो पटक जनताबाट घोषणा भएको संविधान,
– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश तथा स्थानीय तह गरी
– तीन तहको हुने र नेपालमा सातवटा प्रदेश रहने व्यवस्था गरिएको,
– नेपालको कार्यकारिणीको अधिकार यो संविधान र कानूनबमोजिम मन्त्रिपरिषद्मा निहित रहने व्यवस्था,
– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोगको व्यवस्था ।न्याय र समृद्धीको वास होस् । हरेक चुल्होमा आगो बलोस्, आँगनमा फुल फूलोस अनि मनमा नेपालीपन होस् । लोकतन्त्रको आभाष होस्।
लेख – अनेरास्ववियु केन्द्रिय कमिटि सचिव तथा मघेस प्रदेश इन्चार्ज हुन् ।

