धनुषामा अवैध सालको काठसहित एक जना पक्राउ

|

ढल्केबर, धनुषा । डिभिजन वन कार्यालय धनुषाले अवैधे सालको काठसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५, चिसापानी क्षेत्रबाट करिब १९ क्युफिट अवैध सालको काठसहित एक जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय धनुषाले जानकारी दिएको छ ।

डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख विनोद सिंहले कमला सव–डिभिजन वन कार्यालय अन्तर्गत पर्ने चिसापानी क्षेत्रबाट ज १ त ६६५८ नम्बरको ट्रेक्टरमा लोड गरिएको १८.२९ क्युफिट साल जातको काठसहित एक जनालाई नियन्त्रणमा लिइएको बताए । उहाँले वन अधिकृत भगलु मण्डलको नेतृत्वमा खटिएको सव–डिभिजन वन कार्यालयका कर्मचारीको टोलीले काठसहित गणेशमान चारनाथ नगरपालिका–६, का विनोद मण्डललाई पक्राउ गरेको जानकारी दिए ।

अवैध रूपमा ओसारपसार गरिरहेको सूचनाका आधारमा उक्त काठ बरामद गरिएको हो । बरामद काठसहितको ट्याक्टर डभिजन वन कार्यालय जनकपुरमा राखिएको डिभिजन वन कार्यालयका कमाण्डर वैजनाथ सिंहले बताउनुभयो ।
उहाँले पक्राउ परेका व्यक्तिमाथि प्रचलित वनसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।