मधेशकै ठूलो जानकी फन पार्क एण्ड रिसोर्टको सेवा विस्तार

|

ढल्केबर, धनुषा ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२, रमदैयामा सञ्चालित जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै नयाँ–नयाँ सुविधा थप गरेको छ ।

शनिबार कम्पनीका प्रबन्ध निर्देशक गुड्डु जैनले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेशमै ठूलो क्षमताको रेष्टुरेन्ट, आधुनिक मिटिङ हल, कार्यक्रम आयोजना गर्न मिल्ने बैंक्वेट, बालबालिकाका लागि किड्स प्ले जोन तथा खुला वातावरणमा मनोरञ्जन गर्न सकिने ओपन लाउञ्ज सञ्चालनमा ल्याएको बताए । पारिवारिक घुमफिर, शैक्षिक भ्रमण, सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई सहज र आकर्षक बनाउने उहाँले विश्वास कम्पनीले व्यक्त गर्नुभयो ।

उहाँका अनुसार मधेश प्रदेशमै ठूलो र अत्याधुनिक ‘वण्डर ल्याण्ड वाटर पार्क’ सञ्चालन गर्दै आएको उल्लेख गर्दै अब सेवा थप विस्तार गरिएकोे हो । परिवार, बालबालिका, युवा तथा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै सुरक्षित, स्वच्छ एवं मनोरञ्जनपूर्ण वातावरण प्रदान गर्ने उद्देश्यले सेवा विस्तार गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार खानपान सेवामा पनि विविधता थपिएको जनाइएको छ । थकाली, भारतीय तथा अन्तर्राष्ट्रिय परिकारसँगै मिथिला क्षेत्रको परम्परागत ‘मिथिला थाली’को व्यवस्था गरिएको छ । साथै हरियाली वातावरणमा भोजनको आनन्द लिन मिल्ने गार्डेन रेष्टुरेन्ट समेत थपिएको सञ्चालकले जानकार िदिनुभयो ।

पर्यटकको बसाइका लागि सफा, सुविधासम्पन्न तथा आकर्षक कोठाहरूको व्यवस्था गरिएको जनाउँदै कम्पनीले सेवा गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखिएको जनाएको छ । जानकी फन पार्कले आगामी दिनमा थप सेवा विस्तार गर्दै मधेश प्रदेशकै प्रमुख मनोरञ्जनात्मक गन्तव्यका रूपमा स्थापित हुने लक्ष्य लिएको पनि जनाएको छ । सोहीअनुसार दैनिक रूपमा सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा कन्सर्ट आयोजना गर्ने योजना रहेको निर्देशक जैनले बताउनुभयो ।