मधेश प्रदेश उद्योग परिसंघको अध्यक्षमा प्रमोद साह चयन

|

ढल्केबर, धनुषा । उद्योगी, व्यवसायीहरुको संगठन मधेश प्रदेश उद्योग परिसंघको अध्यक्ष पदमा प्रमोद साह निर्विरोध चयन भएका छन् । बिहीबार धनुषाको ढल्केवरमा भएको परिसंघको प्रथम साधारणसभाबाट कोमल होटलका सञ्चालकसमेत रहेका प्रमोदसहित सम्पूर्ण पदाधिकारी निर्विरोध चयन भएका हुन् ।

संघीय सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा मधेश प्रदेश उद्योग परिसंघका तत्कालीन अध्यक्ष नरेश दासको अध्यक्षता साधारणसभा सम्पन्न भएको थियो ।

साधारणसभामा परिसंघका केन्द्रीय अध्यक्ष राजेश अग्रवाल, मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, प्रदेश सभासदस्य हरिनारायण महतो, मिथिला नगरपालिकाकी उपप्रमुख सुनितासिंह बुढाथोकी, वडाध्यक्ष नन्दकिशोर यादव, रामबहादुर स्याङ्गदनलगायत उद्योगी, व्यवसायीको उपस्थिति थियो ।