धनुषाको मिथिला नगरपालिकामा जसपा र माओवादीबीच चुनावी गठबन्धन

|

ढल्केवर, धनुषा
स्थानीय तहको चुनावका लागि केन्द्रीय स्तरमा पाँच दलीय गठबन्धन भनेपनि धनुषाको मिथिला नगरपालिकामा भने जनता समाजवादी पार्टी र नेकमा माओवादी केन्द्रले मात्रै चुनावी तालमेल गरेका छन् ।

दुई दलबीच गठबन्धन गर्ने सहमति भएपछि जनता समाजवादी पार्टीका मेयरका प्रत्यासी उम्मेदवार चन्देश्वर महतो र माओवादी केन्द्रका उपमेयरका प्रत्यासी उम्मेदवार विमला अधिकारीले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

माओवादीले ११ वटा वडामध्ये मेयरसहित ६ वटा वडा पाएका छन भने जसपाले उपमेयरसहित ५ वटा वडा पाएका छन् । जसपाले १,२,४,५ र ६ नम्बर वडा पाएको छ । यस्तै, माओवादी केन्द्रले वडा नं. ३,७,८,९,१० र ११ नम्बर वडा पाएको छ ।

माओवादी केन्द्रबाट मेयरमा रामकुमार महतो र उपमेयरमा बिमला अधिकारीले मनोनयन दर्ता गराएका थिए । यस्तै जसपाबाट मेयरमा चन्देश्वर महतो र उपमेयरमा मनुमाया मोक्तानले उम्मेदवारी दर्ता गराएका थिए ।
भागबण्डामा परेका वडाबाट दुवै दलले वडाध्यक्षसहित सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ ।