मिथिला नगरपालिकाका काँग्रेसी एकजुट रहेकाले जित निश्चित छ : मेयर उम्मेदवार महतो

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिकामा नेपाली काँग्रेका प्रत्यासी मेयर उम्मेदवार महेन्द्र महतोले नगरवासीले नगरपालिकामा काँग्रेसको नेतृत्वको सरकार चाहेको बताएका छन् । उनले यसपालिको नतिजा काँग्रेसको पक्षमा आउने दावीसमेत गरे ।

गत स्थानीय तहको निर्वाचनमा काँग्रेसको मत विभाजन हुँदा काँग्रेसले चुनावमा पराजय भोगेको थियो । तर यस पटक स्थिति फेरिएको छ । सबै काँग्रेसी एक ढिक्का भएको मेयर उम्मेदवार महतोले भने ।

मिथिला नगरपालिका काँग्रेसको गढ हो । काँग्रेसको मत काँग्रेसमै जाँदा अरुले जित्न सक्दैन उनको दावी छ । विगतका जनप्रतिनिधिले राम्रो काम गर्न नसकेको भन्दै मेयर उम्मेदवार महतोले भने आफू जितेमा समग्र नगरपालिकाको विकास गर्ने बताए ।

आफू निर्वाचित भए नगरपालिकालाई स्मार्ट सिटी बनाउने, यहाँका किसानका लागि समयमै मलखाद र सिँचाइको व्यवस्था गर्ने, युवालाई विदेश जानबाट रोकेर यहीँ रोजगार सृजना गर्ने उनले जानकारी दिए ।

अन्य दलको नेतृत्वको स्थानीय सरकारको काम हेरिसकेका नगरवासीले अव काँग्रेसको नेतृत्वको सरकार हेर्न नगरवासीलाई आफूसहित सवै उम्मेदवारहरुलाई मतदान गर्न उनले आग्रह गरे ।