ढल्केवरमा पाँच दलीय गठबन्धनको चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन

|

ढल्केवर, धनुषा

धनुषाको ढल्केवरमा पाँच दलीय गठबन्धनको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी धनुषा– ४ प्रतिनिधिसभा सदस्यका पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहेका कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र धनुषा–४ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा एकिकृत समाजवादीका सत्रुधन महतोले संयुक्तरुपमा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवर यादवले संघीयता विरोध र प्रतिगमनकारीलाई परास्त गर्न पाँच दल एकजुट भएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । उनले संघीयता जोगाउन, गणतन्त्र जोगाउन र संविधानको रक्षा गर्न पाँच दलीयका साझा उम्मेदवारलाई जिताउन आग्रह गरे ।

यसैगरी, प्रदेशसभा सदस्यका उम्मेदवार सत्रुधन महतोले गठबन्धनको जीत सुनिश्चित भएको बताए । उनले स्थानीय तहको निर्वाचनको मत परिणामले नै गठबन्धनको जीत सुनिश्चित देखाइसको जनाए ।